तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

फेरी ल्यायो दिप एजुकेशनले उत्कृष्ट नतिजा

बुटवल । बुटवल–६ स्थित दिप एजुकेशन हव प्रा.लिको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोरिया भाषाको सन् २०२४ को दोस्रो चरणको परिक्षामा उत्र्तिण विद्यार्थीहरुलाई प्रा.लिले एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको हो ।

प्रा.लिका संस्थापक अध्यक्ष दिपक लम्सालले कोरिया भाषाको सन् २०२४ को दोस्रो चरणको परीक्षामा २०७ जना सहभागि भएकोमा १५५ जना उत्र्तिण भएको बताए ।

उनका अनुसार पहिलो चरणको परीक्षामा १६१ विद्यार्थी परीक्षामा सामेल भएकोमा ११९ जना उत्र्तिण भएका थिए ।

स्थापनाको ८ बर्षमै विद्यार्थीहरुको रोजाईमा परेको हवले निरन्तर उत्कृष्ट नजिता ल्याउदै आएको उनंले बताए । विद्यार्थीहरुलाई दैनिक परिक्षाको व्यवस्थाका साथै युविटी परीक्षालाई निरन्तर सञ्चालन गरकै कारण दिप एजुकेशन हवले बर्षेनी सफलता प्राप्त गरेको उनको भनाई छ ।
साथै उनले भाषा परीक्षामा उर्तिण विद्यार्थीहरुलाई कोरियामा नजानुन्जेल नेपालमै आफु सम्बद्ध पेशा व्यवसायीलाई निरन्तरता दिन आग्रह गरे ।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश गौडेल विद्यार्थी र शिक्षकको मेहनतले नै दिप एजुकेशनल हवले उत्कृष्ट नजिता ल्याउन सफल भएको बताए ।

कार्यक्रममा भाषा प्रशिक्षक सन्दीप भण्डारी, रामचन्द्र पाण्डे, विद्यार्थीहरु प्रकाश घिमिरे, यादव ज्ञवाली, उमापती ज्ञवाली, महेश कुमार विश्वकर्मा, अनुप चौधरी, चेतन पोख्रेल, रमेश गैह्रे, राजन थापा, आशिष न्यौपाने, तेजबहादुर तामाङ, सुरज पुरी, रमेश विश्वकर्मा, सागरघर्ती मगर, श्याम सुनार, अस्मिता खत्री, लक्षमण क्षेत्री र दिपक सुनारले लगाएतले बोलेका थिए ।

प्रा.लिका व्यवस्थापक डेभिट पाण्डेको स्वागतमा भएको कार्यक्रमको सञ्चालन जि.डी शिखरले गरेका थिए । प्रा.लिले ८ बर्षको अवधिमा १ हजार ५ सय जनालाई कोरिया भाषा परीक्षामा उत्र्तिण गराएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित