तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाली लुगा घर बुटवलमा दशैं अफरः २९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरपाउ दिने

बुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगा घरले दशै विशेषमा २ हजार ९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरपाउ दिने अफर ल्याएको छ ।

आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्ला मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय संचालनका लागि दर्शै अवधिमा यस्तो अफर ल्याएको हो ।

भौतिक पूर्वाधारमा क्षति ब्यहोरेको मिलनचोकस्थित डेल्टा मार्टले अस्थायी टेन्टमा नै नेपाली लुगा घर शुरु गरेको छ । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि नेपाली लुगा घरमा दशै अफर ल्याएको हो ।

‘उद्योगदेखि शरिरसम्म’ नारासहित दशै विशेष अफर ल्याएको युवा ब्यवसायी प्रकाश भुषालले नेपाली उत्पादनको प्रवद्धर्न गर्न यस्तो अफर ल्याएको बताए । ‘हामी जुत्ता उत्सवमा सफलता पायौ जसले गर्दा थप नया गर्ने हौसला बढ्यो ।’ उनले भने ।

नेपाली लुगा घर दशै कम्बो प्याक अफरमा २९०० सय रुपैयामै एउटा पाईन्ट, शर्ट, अण्डरवियर, मोजा, जुत्ता समेत ६ आईटम उपलब्ध हुने उनले बताए । जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन । आफुसंग धेरै ब्राण्डका परिकारहरु भएपनि स्थान अभाव र तयारी कम भएको उनले बताए ।

छोटोसमय र तयारीका कारण १ हजार उपभोक्तासम्म पुग्ने लक्ष्य रहेको उनले बताए । आम नेपाली उपभोक्तालाई लक्षित गरि अफरमा सहज र सरल पाउने गरि अफर चलाएको उनको दाबी छ ।

आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मद्यत मिल्ने उनले बताए । नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरि आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको संचालक बाबुराम बन्जाडेले बताए । ठूलो क्षति ब्यहोर्नुअघि एक वर्षको अवधिमा नेपाली उद्योगका लुगाका करिब १ करोड रुपैया बराबरको कारोबार गर्न सफल भएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित