युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

सामुदायिक वन समन्वय समिति, तिनाउको २१ ओैं वार्षिक साधारणसभा सम्पन्न

सामुदायिक वन समन्वय समिति, तिनाउ,पाल्पाकाे २१ ओैं वार्षिक साधारणसभा आइतवार दाेभानमा सम्पन्न भयाे ।

सभामा संस्थाका महासचिव गणेश रास्काेटीले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले गरेका गतिविधिहरुकाे प्रगति प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी साेही आर्थिक वर्षकाे आर्थिक प्रगति प्रतिवेदन संस्थाका काेषाध्यक्ष बिनाेदप्रसाद बस्यालले सुनाएका थिए । उनले २६ लाख ३२ हजार ८८५ रुपैयाँ बराबरकाे हिसावकिताव समेत सुनाएका थिए ।

आर्थिक वर्ष २०८१/०८२ का लागि संस्थाका अध्यक्ष दलबहादुर गुरुङले प्रस्तावित वार्षिक याेजना तथा कार्यक्रमका लागि अनुमानित २२ लाख ५० हजारकाे वजेट पेश गरेका थिए ।

सभाका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहहरुले आम्दानीकाे १०% रकम गाउँपालिकामा बुझाउनु पर्ने बताउँदै आफ्नाे पालिका जल,जमिन र जंगलले धनी भएकाे बयान गरे ।

विशिष्ट अतिथिका रुपमा रहेका गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले वन डढेलाे यस क्षेत्रकै मुख्य समस्या रहेकाेले यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले विशेष याेजना बनाएकाे जानकारी दिए ।

त्यसैगरी विशिष्ट अतिथिकै रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले वनमा अग्निरेखा बनाउने ,एक वन एक पाेखरी खन्ने र सुकेका सालका पातलाई संकलन गरि जैविक मल बनाउन पालिकाले वजेट विनियाेजन गरेकाे र समन्वय समितिसँग मिलेर पालिकाकाे वनसम्बन्धि याेजनालाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।

साे सभाका अतिथि तिनाउ सवडिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत प्रेम चाैधरीले आफूले समन्वय समितिसँग हातेमालाे गरि अघि बढ्न सक्रिय रहने सुनाए ।

संस्थाका सल्लाहकार पदमलाल शाक्य, वनघुस्री सावउसका अध्यक्ष राेमबहादुर लम्तरी,सामुदायिक वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय लगायतले सहभागीलाई वन,वातावरण र जैविक विविधता संरक्षणका लागि सबै सराेकारवालाहरु एकजुट भई लाग्नुपर्ने,वन समूहमा देखिने प्राविधिक समस्याहरुलाई समाधान गर्नुपर्ने र आम्दानी एवम् उद्यमशीलतासँग वनलाई जाेड्नुपर्ने उल्लेख गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित