तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक

बुटवल। रोटरी क्लव अफ बुटवल चौतारीले पाल्पाको नुवाकोटगढीमा क्लवको २२० औं नियमित बैठक सम्पन्न गरेको छ । क्लवको वर्ष २०२४–२५ को ११ औं बैठक बुटवलबाट केवलकारमार्फत नुवाकोटगढी पुगेर सम्पन्न गरिएको हो ।

ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नुवाकोटगढीमा क्लवको बैठक आयोजना गरिएको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।

एक अर्व रुपियाँ लगानीमा बनाइएको केवल कार केही दिनअघि मात्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको थियो । यसको औपचारिक उदघाटन भने अझै गरिएको छैन । स्थानीय उद्योगी व्यवसायीको लगानीमा निर्माण गरिएको केवलकारको व्यावसायिक यात्रामा साथ दिन र पर्यटकीय क्षेत्रको उजागर गर्नका लागि क्लवले नुवाकोटमा बैठक आयोजना गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

रोटरी क्लव अफ बुटवल चौतारीलाई सिद्धार्थ केवलकारले निःशुल्क रुपमा नुवाकोट लैजाने प्रवन्ध गरेको थियो । पाल्पाको तिनाउँ गाउँपालिकामा पर्ने नुवाकोट गढीमा भएको बैठकमा करिव ५० जना रोटरीयन सहभागी थिए ।

बैठकमा सहभागी भएका सिद्धार्थ केवलकार प्रालिका सञ्चालक केयरसिंह खड्काले नुवाकोट धार्मिक स्थल र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।

बालरोग विशेषज्ञ डा. सुन्दर न्यौपानेले रोटरी क्लव अफ बुटवल चौतारी जस्ता सामाजिक संस्थाले यस्ता ठाउँमा बैठक आयोजना गर्दा यसको प्रचारप्रसारमा समेत योगदान पुग्ने बताए । पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले हालै मात्र सञ्चालनमा आएको सिद्धार्थ केवलकारले रोटरी जस्ता संस्थालाई साथमा लिएर अगाडि बढ्न सके सफलता प्राप्त गर्न सक्ने बताए । बैठकमा रोटरी क्लव अफ बुटवल चौतारीका एडमिन चेअर कृष्ण पाण्डे मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको उपसभापतिमा तथा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी जिल्ला सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष माधव नेपालले केबलकारको बटम–स्टेसन रहेको पारि बुटवलको देउराली डाँडामा पार्क निर्माणका लागि विभिन्न संरचना बनिरहेका र केही समयमा टप स्टेशनमा समेत संरचना बन्ने जानकारी दिंदै रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई नुवाकोटमा ल्याएर केवलकारको प्रचारप्रसार र यहाँको पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेलेको बताए ।

क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले आगामी दिनहरुमा पनि नुवाकोटमा यस्ता कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित