तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

१० महिनादेखि भुक्तानी नपाएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीहरूको धर्ना

झण्डै १० महिनायताको रनिङ बिलबापत पाउनुपर्ने ५० करोड भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरूले लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिएका छन् ।​

कोषअन्तर्गतका विभिन्न परियोजनाका ठेकेदारहरूले भुक्तानी माग्दै कोषको कार्यालयमा आइतबार धर्ना दिएका हुन् ।

‘लुम्बिनी विकास कोषअन्तर्गतका परियोजनामा निर्माण कार्य गरिरहेका निर्माण व्यवसायीहरूले विगत १० महिनादेखि पेश भएको रनिङ बिलको भुक्तानी नपाएको हुँदा यो धर्ना कार्यक्रम गरिरहेका छौं,’ धर्नास्थलमा टाँगिएको ब्यानरमा भनिएको छ ।

यसअघि शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरूलाई अविलम्ब भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।

‘भुक्तानीमा भइरहेको ढिलाइले परियोजनाहरूको प्रगतिमा गम्भीर असर पुर्‍याइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि भुक्तानी प्रक्रिया छिटो अगाडि नबढाइएमा निर्माण व्यवसायीहरूले अझ कडा कदम चाल्न बाध्य हुनेछन् । यसबाट सिर्जना हुने सम्पूर्ण जिम्मेवारी लुम्बिनी विकास कोषले लिनुपर्नेछ ।’​

यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् । अझै २ दिनसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने निर्माण व्यवसायीहरूको चेतावनी छ ।

यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी-एनके- खड्का कृष्ण जेभी, लामा-एपेक्स-कमलजित जेभी, रमन-गजुरमुखी-रामजानकी जेभी र खानी-अर्घाखाँची- बबुल जेभी कार्यरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित