तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

१३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा

बुटवल नेपालगञ्ज रोडस्थित हैदरावादी मडका दम विरयानी पुनःसञ्चालनमा आएको छ । दुई साता अघि अनुगमन गर्दा दुर्गन्धित र फोहोरा मासु प्रयोग गरिएको भेटिएपछि बन्द थियो ।

गत भदौ २० गते बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा भान्सा (किचन) मा सरसफाई सुधार गर्न निर्देशन दिएको थियो । विरयानीका सञ्चालक जनक खडकाले पुराना कमजोरी सुधार गर्दै सरसफाई र खाद्य वस्तुमो गुणस्तरमा ध्यान दिनेर सञ्चालन गर्ने प्रतिबद्धता र बुटवल उपमहानगरपालिका निवेदन दिएपछि सञ्चालनमा आएको हो ।

शुक्रबार बुटवल उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्षसहितको टोलीले अनुगमन गर्दा मडका विरयानीलाई आमूल सुधार गरेको छ ।

भदौं २४ गते अनुगमन गर्दा विरयानीको किचनमा कुहिएको मासु फेला परेको भन्दै चर्को आलोचना भएको थियो । तर, सञ्चालक जनक खड्काले अनुगमन गर्दा देखाइएको मासु विरयानीमा प्रयोग गर्ने नभई बंगुरलाई दिनको लागि राखिएको बताएका थिए ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले कमजोरी सुधार गरेपछि सञ्चालनको लागि अनुमति पाएको बताइन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित