तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा कांग्रेस सचेतक गिरीले दिइन् राजीनामा

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

गिरीले संसदीय दलका नेता डिल्ली चौधरीलाई सोमबार राजीनामा बुझाएकी हुन् । २०७९ साल फागुनमा सचेतक पदमा मनोनित भएकी गिरीले करिब अठार महिनापछि पद त्यागेकी हुन् ।

राजीनामा पत्रमा गिरीले आफ्नो विविध कारणले सचेतकमा निरन्तरता दिन नसकेको उल्लेख गरेकी छन् ।

सोमबार आफूले राजीनामा दलका नेतालाई बुझाएको र भोली सल्लाह गर्ने जानकारी गराएको गिरीले अनलाइनखबरसँग बताइन् । लुम्बिनीमा यसअघि कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका थिए ।

गिरी पार्टीमा महामन्त्री गगन थापा निकट छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित