तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त

प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनिश पन्थीका अनुसार सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी अर्याल र सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ का सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ का भुवन चौधरी र बुटवल उपमहानगरपालिका–१८ रूपन्देहीका शान्तादेवि ढकाललाई नियुक्त गर्ने निर्णय हो ।

त्यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका–४ को केन्द्र चिराघाटबाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएपछि सरकारले सिफारिस गरेको हो ।

बैठकले गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिफेक्चर, बुङ्गोओनो सहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि पनि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पन्थीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित