
बुटवल । रजा ए मुस्तफा मस्जिद समिति बुटवल १ को आयोजनामा खाद्यान्य वितरण कार्यक्रम सम्पन्न भएको छ । समितिले पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे बसल्लमको १४९९ शुभ जन्मोत्सवको अवसरमा बुटवल ११ मा रहेको नेपाल अपांग आश्रममा खाद्यान्य वितरण गरेको हो ।
समितिका अध्यक्ष मुहम्मद ईस्माईलले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई एक कार्यक्रमका बीच खाद्यान्य हस्तान्तरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष ईस्माईलले वसल्लमको जन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खाद्यान्य वितरण गरिएको बताए ।
वसल्लमले सेवाको भाव सिकाएकै कारण आफुहरु समाज रुपान्तरणका साथै सेवा कर्ममा निरन्तर लागेको उनको भनाई छ ।
उनले वसल्लमको जन्मोत्सवकै अवसरमा भदौ ३० गते ईस्लामिक अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता र भदौ ३१ ग्ते नगरभित्र ¥यालीको आयोजना गरिएको बताए ।
खाद्यान्य वितरण कार्यक्रममा आश्रमका अध्यक्ष डोलबहादुर रामदामले सहयोगकै भरमा आश्रम सञ्चालन भएको भन्दै धन्यवाद दिए ।
कार्यक्रममा समितिका उपाध्यक्ष हाजि खाको स्वागत तथा महासचिव गफुर मियाको सञ्चालनमा सम्पन्न भएको थियो ।