तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

खाद्यान्य वितरण कार्यक्रम सम्पन्न

बुटवल । रजा ए मुस्तफा मस्जिद समिति बुटवल १ को आयोजनामा खाद्यान्य वितरण कार्यक्रम सम्पन्न भएको छ । समितिले पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे बसल्लमको १४९९ शुभ जन्मोत्सवको अवसरमा बुटवल ११ मा रहेको नेपाल अपांग आश्रममा खाद्यान्य वितरण गरेको हो ।

समितिका अध्यक्ष मुहम्मद ईस्माईलले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई एक कार्यक्रमका बीच खाद्यान्य हस्तान्तरण गरे । सो अवसरमा बोल्दै अध्यक्ष ईस्माईलले वसल्लमको जन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खाद्यान्य वितरण गरिएको बताए ।

वसल्लमले सेवाको भाव सिकाएकै कारण आफुहरु समाज रुपान्तरणका साथै सेवा कर्ममा निरन्तर लागेको उनको भनाई छ ।

उनले वसल्लमको जन्मोत्सवकै अवसरमा भदौ ३० गते ईस्लामिक अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता र भदौ ३१ ग्ते नगरभित्र ¥यालीको आयोजना गरिएको बताए ।

खाद्यान्य वितरण कार्यक्रममा आश्रमका अध्यक्ष डोलबहादुर रामदामले सहयोगकै भरमा आश्रम सञ्चालन भएको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष हाजि खाको स्वागत तथा महासचिव गफुर मियाको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित