तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सरकारले ‘गुनासो पेटिका’ राखेर जनताका गुनासा प्रत्येक्ष सुनुवाइ गर्छ : मुख्यमन्त्री आचार्य

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताका गुनासाहरु प्रत्येक्ष रुपमा सरकारले सुनवाइ गर्ने बताएका छन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार पाल्पामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सेवा प्रवाहमा हुने ढिला सुस्ति बारे नागरिक तहबाट हुने गुनासोलाई प्रदेश सरकारले सुनुवाइ गर्ने बताएका हुन ।

प्रदेश सरकारका मन्त्रालय, विभाग, निर्देशनालय तथा जिल्ला तहमा रहेका कार्यालयहरुमा अनिवार्य रुपमा गुनासो पेटिका राख्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका हुन । ‘कर्मचारीले दुःख दिएको छ कि ? जनप्रतिनिधिले दुःख दिएको छ कि ? यो कुरा सुझाव पेटिका मार्फत गुनासो संकलन गर्छौं’-उनले भने, ‘सरकारले प्रदान गर्ने सेवालाई नागरिक मैत्रि बनाउछ । ढिलासुस्ती गर्ने, बहानाबाजी गर्ने छुट कसैलाई छैन । सरकारले नागरिकको गुनासो सुन्छ ।’ नयाँ सरकार गठन भएदेखि सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा निर्मम ढंगले सरकारले काम गर्न खोजेको स्पष्ट पारे ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले राष्ट्रिय स्वाधीनताको विचारलाई आत्मसात गर्नुपर्ने बताए । राष्ट्रिय पर्वको मान्यता दिन आवश्यक रहेको, रणउजेरिश्वरी मन्दिरको लागि पुनर्निर्माणको लागि प्रयाप्त बजेट सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन । उनले सामाजिक अराजकता बढ्दै गरेको प्रति चिन्ता व्यक्त गरे । प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नारायण आचार्य, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ मन्त्री खेमबहादुर सारु मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी मेघराज शर्माले जनतामा बढ्दै गरेको निरासालाइ चिर्न जरुरी रहेको बताए । जनतामा आशा जगाउन, विकृतिमा बिरुद्ध सरकार कठोर बन्नुपर्ने धारणा राखेका छन । कार्यक्रममा विभिन्न विधामा कलम चलाउने २१ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित