युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

कालिकामा वृहत् रक्तदान, डेढ सय बढिले गरे रक्तदान

बुटवल। कालिका मानवज्ञान माविकाे आयाेजनामा नेपाल नियमित रक्तदाता संघकाे सहकार्य मा शुक्रबार वृहत् रक्तदान कार्यक्रम गरिएकाे छ ।

कार्यक्रममा बाेल्दै कालिका मानवज्ञान माविका विद्यालय व्यवस्था समिति अध्यक्ष नित्यनन्द ज्ञवालीले रक्तदान महादान भएकाे बताएका थिए । उनले विद्यालयले विगत लामाे समय देखि सामाजिक उत्तरदायित्व अभियान अन्तगत रक्तदान लगायत विभित्र समाजिक कार्य गर्दै आएकाे बताए ।

अध्यक्ष ज्ञवालीले रक्तदानले विधार्थीहरुलाई मानविय सेवाभावको विकासमा प्रेरणा मिल्ने बताए । उनले रक्तदान जस्तो अति नै अमूल्यदानले विरामीको ज्यान बच्ने हुँदा नियमित रक्तदाता संघले गरेको अभियानको मुक्तकण्ठले प्रशंसा गर्दे आगामी दिनमा पनि रक्तदान निरन्तर गर्नुपर्ने बताए ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रिय बरिष्ठ सल्लाहकार एवं कालिका मानव ज्ञान माविका पूर्व प्रध्यापक बिमल बहादुर शाक्यले नियमित रक्तदाता संघले कुनै पनि विरामीलाइ रगतको अभाव हुन नदिन प्रतिबद्ध रहेको बताए । उनले नियमित रक्तदाता संघ विभिन्न संघ संस्था, विधालय ,टोलहरु संगको सहयोगमा युवाहरुलाई रक्तदानमा प्रोशाहन गर्दे अगाडी बढिरहेको बताए ।

मुलकभर धेरै रगतको आवश्यक पर्ने र लक्ष्य अनुसारको रगत संकलन गर्न नसकिएको बताए  । गत दुई आर्थिक बर्षको रगत संकलन र वितरणको अवस्था बताउँदै आर्थिक बर्ष २०७९ /८० मा २ लाख ८१ ह्जार ३ सय १६ यनिट रगत संकलन भएको र ३ लाख ९१ ह्जार ८ सय ५३ यनिट वितरण भएको त्यसैगरी अर्थिक बर्ष २०८०/८१ मा २ लाख ९४ हजार ४ सय ७७ युनिट संकलन भएको र ४ लाख ६ हजार २ सय ७१ इनिट बितरण भएको बताए शाक्यले रगत किन्न नपाईने र कुनै कारखानामा नबब्ने भएकाले हामी सबैले नियमति रक्तदान गर्नुपर्ने बताए ।

नियमित रक्तदाता संघले युवा उठौं युवा जुटौं रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूलनारा बोकी निरत्नर रुपमा अगाडी बढकाे बताए । कालिका मानव ज्ञान माविका प्रध्यानाध्यापक एवं नियमित रक्तदाता संघका सल्लाहकार दिनेश थापाले विधार्थाीहरुलाई रक्तदान जिवनदान भएकोले रक्तादान गर्नुपर्छ भन्ने शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने बताए ।

त्यसैगरी नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालले कार्यक्रमको समापन गर्दे रगतको अभाव हुन नदिन नियमित रक्तदाता सघ रुपन्देही निरन्तर लागी रहेको बताउँदै कार्यक्रममा उपस्थित प्रमुख अथिति विशिष्ठ अथिति, अथिति , रक्तदाता , विधार्थाीहरु लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गरेका थिए । नकार्यक्रममा शिक्षक अभिभावक संघ कालिका मावि.का अध्यक्ष केशव पोख्रेलले, नियमति रक्तदाता संघका सदस्य दिपक अधिकारी लगायतले आ आफ्नाे भनाइ राखेका थिए । कार्यक्रम मा डेढ सय बढिले रक्तदान गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित