तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा स्त्रीरोग विशेषज्ञ बिदामा बस्दा सेवा प्रवाहमा समस्या

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्त्रीरोग विशेषज्ञ (महिला डाक्टरहरू) बिदामा बस्दा सेवा प्रवाहमा समस्या भएको छ ।

प्रादेशिक अस्पतालका १५ जना गाइनोलोजिष्ट डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा छन् । बिदामा बसेका पाँचै जना कन्सलटेन्ट गाइनोलोजिष्ट हुन् ।

अस्पतालका एक डाक्टरले भने, ‘४/५ जना एउटै विभागका डाक्टरहरू बिदामा बस्दा सेवामा केही प्रभाव त परिहाल्छ नि । तर व्यवस्थापन पक्षलाई बिदाबारे पहिल्यै जानकारी हुन्छ । त्यसमा अन्य डाक्टरहरूलाई बढी मोभिलाइज गनुपर्ने दायित्व प्रशासनको हुन्छ ।’

प्रादेशिक अस्पताल सबैभन्दा धेरै सुत्केरी हुने अस्पतालमा पर्छ ।

यहाँ दैनिक १ हजार ५०० सेवाग्राही सेवाका लागि आउने गर्छन् । अस्पतालमा अहिले अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट र सूचना अधिकारी समेत छैनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित