तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण, अदालतको अवहेलना नगर्न आग्रह

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ ।

प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अबहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको बताएको छ ।

यशोदा फुड्सले सयौं लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन दिएको र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत उसले विपक्षीलाई आग्रह गरेको छ ।

पछिल्लो समय वाईवाईको ठूलो बजार हिस्सा करेन्ट चाउचाउले खोसेपछि यी दुई ब्राण्डवीच द्वन्द्व सुरु भएको हो । स्वाद र गुणस्तरमा ग्राहकले करेन्ट रोज्न थालेपछि प्रतिस्पर्धीले कानुनी झमेला सिर्जना गर्ने र त्यसमा हारेपछि भ्रमपूर्ण प्रचार गर्ने गरेको भन्दै करेन्टले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित