तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मुख्यमन्त्री आचार्यले पुनःस्थापना गरे बुटवलको सम्पर्क कार्यालय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः संचालनमा ल्याएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित आन्तरिक राजश्व कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो।

यसअघि ०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए।

दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिएपनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले बताएका छन्।

‘बुटवलमा प्रदेश प्रमुखको कार्यालय पनि छ, पहिले यहाँ हुँदा धेरै सरकारी कार्यालयसँगको समन्वयमा काम गर्नुपर्ने हुन्छ, प्रदेश प्रमुखसँग पनि विभिन्न समयमा आइरहनुपर्छ त्यसका लागि पनि यहाँ आवश्यक देखियो’ मुख्यमन्त्री आचार्यले भने, ‘म हरेक शुक्रबार नियमित यहाँ आउँछु, शनिबार पूरै यहाँको काम गर्नेछु, शुक्रबार साँझको समय र आइतबार बिहानको समय गरी यो क्षेत्रका सेवाग्राहीलाई यहीबाट सेवा दिने व्यवस्था मिलाएको छु, म नहुँदा पनि एक जना सचिवालयका कर्मचारी राख्ने व्यवस्था हुनेछ।’

यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको मन्त्री दिनेश पन्थीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित