दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

गौतमबुद्ध विमानस्थललाई व्यस्त बनाउने तयारी, उडानमा छुट दिन ३ मन्त्रालयलाई पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानमा छुट र सेवा विस्तारको लागि ३ वटा मन्त्रालयलाई पत्र काटेको छ ।

मन्त्रालयले हवाइ इन्धनमा छुट, श्रम स्वीकृति तथा मेडिकल, भिसा सेन्टर खोल्न सहजीकरण गर्न पत्र काटेको हो । विदेशी वायुसेवा कम्पनील भैहवामा उडान गर्न छुट माग गर्दै आएका छन ।

भैरहवामा नियमित उडान गर्न जजिरा एयरलगायतका वायुसेवा कम्पनीले पनि इन्धनमा छुट माग गर्दै आएको छ । मन्त्रालयकी सहसचिव ईन्दु घिमिरेले विदेशी एयरलाइन्सले भैरहवामा उडान गर्न विभिन्न छुट माग गरेको यसमा प्रधानमन्त्रीले सहुलियतका प्याकेज ल्याउन निर्देशन दिएको बताईन ।

विमानस्थल सञ्चालनसंग जोडिने निकायलाई छुट तथा सेवा विस्तार गर्न पत्र काटेको उनको भनाई छ । भैरहवा विमानस्थल सञ्चालनमा आएको केही समय जजिरा एयरवेजले नियमित उडान गरे पनि यात्रु काठमाडौं आउने बाध्यताले नियमित गर्न सकेन ।

उड्ययन मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हवाइ इन्धनमा छुटको लागि पत्र काटेको छ । मन्त्रालयले आयल निगमलाई पत्र काटेर बोर्डबाट भैरहवा विमानस्थलको हवाइ इन्धनमा छुट दिन सक्नेछ ।

वैदेशिक रोजगारीमा जानेका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइनबाट हुने भए पनि मेडिकलको लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । श्रम तथा रोजगार मन्त्रालयलाई श्रम स्वीकृति र बायोमेट्रिकमा सहजीकरण गर्न आग्रह गरिएको छ ।

श्रम मन्त्रालयले नै मेनपावर कम्पनीको शाखा खोल्न सहजीकरण गर्नुपर्ने उड्ययन मन्त्रालयको भनाइ छ । भैरहवामा विमानस्थल भए पनि भिसा लगाउन काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

परराष्ट्र मन्त्रालयलाई काठमाडौंमा रहेका भिसा सेन्टरलाई भैरहवामा खोल्ने व्यवस्थाको लागि कूटनीतिक पहल गरिदिन पर्यटन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालय अन्तर्गतकै नागरिक उड्ययन प्राधिकरणलाई ग्राउन्ड ह्यान्डलिङ शुल्क, सेवाशुल्कमा निश्चित अवधिको लागि छुट दिने प्रस्ताव ल्याउन निर्देशन दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित