तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा सहमतिको सरकार गठन गर्न एमालेको पहल सुरू

लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीले राजीनाना दिँदै मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय सरकार गठनका लागि पहल सुरू भएको छ ।

त्यसका लागि एमाले प्रदेश सभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शुक्रबार मुख्यमन्त्री महरालाई भेटेर पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन पनि एमालेले माओवादीलाई आग्रह गरेको छ । एमालेले शुक्रवार नै प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पनि राष्ट्रिय सहमतिको सरकार गठनको पहल सुरू भएको जानकारी गराएको छ ।

प्रमुख सचेतक चौधरीले प्रदेश प्रमुख अमिक शेरचन काठमाडौंमा रहेकाले उनको सचिवालयलाई जानकारी पत्र दिएको बताए । लुम्बिनीमा चैत २३ गते एमालेसहित ५ दल र एक स्वतन्र प्रदेश सभा सदस्यसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २९ प्रदेश सदस्य रहेको एमालेका ५ मन्त्रीले विहिवार नै राजीनामा दिएका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन् । यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक / एक जना तथा एकजना स्वतन्त्र गरि ८७ प्रदेश सभा सदस्य छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित