तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमालेले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन्।

बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त पत्रमा अबका दिनमा राजनीतिक स्थायित्वको लागि सहमतिको सरकार गठनको पहल गरिएकोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ।

समर्थन फिर्तासँगै मन्त्रीहरूको राजीनामा पत्र पनि मुख्यमन्त्रीलाई बुझाएको लिला गिरीको सचिवालयले बताएको छ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार तीन महिना नबित्दै संकटमा परेको छ। माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता सामाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट ५ जना मन्त्री सहभागी थिए। समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरू पनि सबैले राजीनामा दिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित