
लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री दिपेन्द्र बहादुर पुनले प्रदेशले हालै मात्रै निर्माण गरेको स्वाथ्य ऐन समयमानुकल रुपमा परिमार्जन हुने बताएका छन् ।
उनले ऐनको विधेयक निर्माण गर्दा सान्र्दभिक देखिएका विषय अहिले नहुन सक्ने भन्दै यो विषयमा विस्तृत छलफल गरी समयअनुकल ऐन परिमार्जन गर्ने बताए ।
एशोसीयसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल(अफीन) लुम्बिनी प्रदेश समितिले बुटवलमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै स्वाथ्य मन्त्री पुनले व्यवसायी, स्वाथ्य क्षेत्रका विभिन्न व्याक्तिहरुको विषयमा धेरै समस्याहरु रहेको भन्दै सबैले समस्या समाधानको लागि पहल गर्ने बताए ।
प्रदेशको ऐन, नीति नियमको विषयमा कतिपय कुरा अव्यवहारिक देखिएको भन्ने विषयमा आफुले पनि जानकारी पाएको भन्दै उनले यसको व्यवहारिक नभएका विषयहरुलाई हटाउने र समय सापेक्ष रुपमा राख्नुपर्ने विषय ऐनमा समेटिने बताए ।
साथै उनले प्रदेशका जनताको स्वाथ्य प्रति सरकार गम्भिर रहेको भन्दै त्यहि प्रदेश भित्र स्वाथ्य क्षेत्रमा लागेका व्यवसायीहरुको पक्षमा आफु रहेको बताए ।
कार्यक्रममा अफिन लुम्बिनी प्रदेशले प्रदेशका स्वाथ्य मन्त्रीलाई आफुले तयार गरेको विभिन्न माग सहितको प्रतिवेदन समेत प्रदान गरेको थियो । प्रदेश अध्यक्ष राम प्रसाद खरेलले व्यवसायीहरुको समस्या समाधानको लागि व्यहारिक, कानूनी र नीतिगत रुपमा समय सापेक्षा परिर्वतन आवश्यक रहेको भन्दै सोही अनुसार पहल गरिदिन मन्त्री संग आग्रह गरे ।
कार्यक्रममा अफिन लुम्बिनी प्रदेशका सल्लाहकार बाबुराम भटटराईले स्वाथ्य अवस्था अहिले धेरै विकराल अवस्थाबाट गुज्रीएको भन्दै यसको लागि प्रदेश, संघ र स्थानीय तहको विचमा संमन्वय आवश्यक रहेको बताए ।
उनले नीजि अस्पताललाई प्रदेश सरकारले बर्गिकरण गर्न आवश्यक रहेको भन्दै च्याउसरी स्थापना भएका नीजी क्लीनिकहरुको मापदण्डको विषयमा पनि सरकार गम्भिर हुनुपर्ने बताए ।
बुटवल हस्पीटल प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले करोडौ लगानी गरेर सयौंलाई रोजगारी दिनेगरी स्थापना भएको अस्पताल र एउटा सानो क्लिीनकको विषयमा अहिले तुलना हुने गरेको भन्दै क्लिनीकको विषयमा सरकारले स्पष्ट नीति ल्याएर अनुगमन गर्नुपर्ने बताए ।
उनले मापदण्ड विपरित स्थापना भएका विना दर्ताका क्लिीनिक लाई कानूनको कारवाहीमा ल्याउन सरकार संग माग समेत गरे ।
अफिनका पुर्व केन्द्रीय सदस्य तथा साझा अस्पताल बुटवलका अध्यक्ष गोविन्द प्रसाद खनालले अस्पतालमा हुने विभिन्न घटनाको कारण सुरक्षा ग्यारेन्टी समेत नहुने गरेको भन्दै यसमा सरकार गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा अफिनको तर्फबाट एड्मण्ड सिटी अस्पतालका अध्यक्ष प्रकाश रानाले अहिलेको स्वाथ्य क्षेत्रको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मेडिटेक अस्पतालका अध्यक्ष जेपी कण्डेल, तिनाउ हस्पिटलका अध्यक्ष चिरन्जीवी जोशी, लुम्बिनी हस्पीटल एण्ड ईन्स्चयुटका अध्यक्ष भिम तुलाचन, सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्धक अर्जुन पौडेल लगायतले प्रदेश सरकारले ल्याएको स्वाथ्य ऐनले व्यवसायीहरुको हितमा भन्दा पनि दुख दिने नियत बढि भएको भन्दै यसलाई समय समापेक्ष रुपमा सम्बोधन गर्न माग गरेका थिए ।