तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रास्वपा प्यूठान संयोजक सुमनले छाडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्।

‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘आफू जिम्मेवारीमा हुँदा पदको कहीँ कतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहेँ। तैपनि कहीँ कतै केही कमजोरी भएको भए यहाँहरू सबैसँग माफी माग्न चाहन्छु। समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्य छ, त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो।’

सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भएको उनले उल्लेख गरेका छन्। आसन र भाषणमा मात्रै रमाउन मनले नमानेको पनि उनले बताएका छन्।

‘यस दौरान केही आशा गरेर गुनासो गर्नेहरू थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न सकिनँ। यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले भनेका छन्।

उनले यो कमजोरी बोकेर पार्टीको नेता बन्न नचाहेको पनि बताएका छन्।

‘धेरै साथीहरूलाई लाग्ला राजनीतिमा प्रगति गर्न धैर्य चाहिन्छ भनेर, आफ्नो प्रगति र उन्नतिका लागि राजनीतिक पार्टीको प्रयोग सबैभन्दा ठूलो बेइमानी हो,’ उनले भनेका छन्, ‘हामीले आफ्ना लागि केही मागेकै छैनौं भने धैर्य कुनै जरुरी छैन, बस् देश फेरिनु जरुरी छ।’

उनले त्यसका लागि आफूहरू फेरिनु आवश्यक रहेको पनि औंल्याएका छन्।
‘फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिँगार्नु जरुरी छ। सकारात्मक परिवर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन,’ उनले भनेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित