मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

यशोदा फुड्सले भन्यो– भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया थालिसक्यौँ

यशोदा फुड्सले आफ्ना उत्पादनको गुणस्तरमा कुनै पनि कमी नरहेको बताएको छ । भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी बाटो खोज्ने भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।

कम्पनीले आफ्ना उत्पादन नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन भइरहेको बताएको छ । विदेशी चाउचाउको आयातबाट देशको अर्बाैं रुपैयाँ बाहिरिनबाट रोक्दै स्वदेशका हजारौँलाई रोजगारी दिइरहेको भन्दै कम्पनीले नेपाली उत्पादनलाई विभिन्न देशमा चिनाइरहेको समेत बताएको छ ।

“यशोदा फुड्स प्रा.लि.का उत्पादनहरू स्वदेश तथा भारत, जापान, यूएई, बहराइन, न्युजिल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानडा, इटाली लगायतका देशहरूमा यस वर्ष ६० करोड नेपाली रुपैयाँभन्दा बढीका उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्ना उत्पादनको गुणस्तर (क्वालिटी)मा विशेष सजगता अपनाइ स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट उद्योग अगाडि बढ्न चाहेको कम्पनीले जनाएको छ । “उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरञ्जित तरिकाले प्रमाणबिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरूप्रति उद्योग सजग रहेको छ,” कम्पनीले भनेको छ, “हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएकोप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ ।”

कम्पनीले यस्ता मनोगणत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी यस उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नु आग्रह गरेको छ ।

देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई रोजगारी, करोडौँ विदेशी मुद्रा आर्जन गर्ने, सरकारलाई राजस्वमा करोडौँको योगदान गर्ने र नेपाली कृषि उपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको कम्पनीले जनाएको छ ।

निहित स्वार्थ पूरा गर्न अनावश्यक दुख दिनेविरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइसकेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न स्वादमा करेन्ट चाउचाउ उत्पादन गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित