युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी

नेकपा एमाले गुल्मीको १२ औं अधिवेशनबाट नयाँ नेतृत्वका लागि नेताहरुले सर्वसम्मत बनाउने प्रयास सफल हुन नसकेपछि आज बिहानैबाट मतदानको तयारी गरिएको छ ।

मंगलबार सुरु भएको अधिवेशनले सहमति भए बुधबार नै नेतृत्व चयन गरेर घोषणा गर्ने तयारी गरिएपनि अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष बालसिंह काउछा र हिरा एसी दुवै जना सहमतिमा आउन नसकेपछि निर्वाचनको तयारी भएको हो ।

बुधबार दुवै जनाले अध्यक्षमा उम्मेदारी दिएका छन् । अध्यक्षसँगै अन्य पदाधिकारीमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । ७ सय प्रतिनिधि सहभागी अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष काउछा दोहोरिने तयारी गरेपनि युवा नेता हिरा एसीले बलियो दावेदारी गरेपछि सहमतिको प्रयास गरेका नेताहरुलाई समस्या परेको हो। दुवै जनाको तयारीले सहमतिमा नेतृत्व छनौट हुने संभावना कम रहेको नेताहरुको बुझाई छ ।

काउछा र एसीसँगै अन्य पदाधिकारीमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ । उपाध्यक्षमा गणेश श्रीपाली, जीवन खरेल र चेतन बस्नेतको उम्मेदारी परेको छ । सचिवमा धर्म विश्वकर्मा, पदम अर्याल, गोविन्द गौतम, फर्सु ज्ञवालीको उम्मेदारी परेको छ । उपसचिवमा भने ८ जनाले उम्मेदारी दिएका छन् ।

गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला भएकाले जिल्ला तहमा दुवैले आफू निकटस्थलाई नेतृत्वमा पठाउन चाहेका छन् । ज्ञवाली नेता काउछालाई पुनः नेतृत्वमा ल्याउन चाहन्छन् भने विष्ट एसीलाई अगाडि बढाउने पक्षमा छन् ।

यहाँबाट केन्द्रीय नेतृत्वमा रहेका दुई नेताहरुले अलग अलग पात्र रोजेपछि यहाँबाट केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका नेताहरु पनि यसैगारी बाँडिएका छन् । यहाँ केन्द्रका नेताहरुको समूहभन्दा पनि जिल्ला विशेषकै समूह बनेको हो ।

बुधबार रातीसम्म सहमतिका लागि एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले सहमतिको प्रयास गरेपनि केही टुंगो लागेको छैन । बिहीबार बिहानैबाट निर्वाचनको तयारी गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित