तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

३० लाखको लगानीमा तिलोत्तमामा क्रिकेट खेलाडीको सम्मानमा बन्यो आइटी पार्क (तस्वीरहरु)

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सूचना प्रशारणसंगै राष्ट्रियता र खेलाडीको सम्मानमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ ।

सरकारले विभिन्न सहरहरुमा आईटी पार्क बनाउने चर्चा चलिरहंदा तिलोत्तमा नगरपालिकाले भने नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको हो । चालिस लाख रुपैयां खर्चिएर निर्माण गरिएको उद्यानको यसै साता पुर्व अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए ।

उक्त उद्यान अहिले विभिन्न सेवाका लागि नगरपालिका पुग्ने सेवाग्राहीको आकर्षण बनेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले दशवर्ष पछाडी नेपालले आईसिसी टि ट्वाण्टी विश्वकपमा भाग लिएको र उक्त टोलीमा तिलोत्तमाका कुशल भुर्तेल समेत सहभागि भएको खुशीको अवसरलाई उत्सवको रुपमा मनाउन नगरपालिकाले उद्यान निर्माण गरेको बताए ।

आईटी पार्क नाम दिईएको भएपनि सूचना प्रशारणसंगै राष्ट्रियता, खेल र खेलाडीप्रतिको सम्मानको लागि पार्क निर्माण गरिएको उनले बताए ।

हरियो दुबो सहितको सानो चिटिक्क परेको पार्कमा त्यहांका विभिन्न पौराणिक, ऐतिहासिक र धार्मिक सम्पदासंगै आफ्नै नगरबाट उदाएका क्रिकेट खेलाडीहरु कुशल भुर्तेल, देव खनाल र मौसम ढकालको तस्विर पेन्टिङमा उतारिएको छ ।

पार्कको बीचमा ठडिएको अग्लो पोलमा १२ मिटर अग्लो नेपालको राष्ट्रिय झण्डा फहराईरहेको छ भने छेउमा राखिएको एलईडीमा स्थानीय तहका विभिन्न सूचनाहरु प्रशारण हुने गर्छन् ।

४० लाख खर्चिएर निर्माण गरिएको उद्यानको तिलोत्तमावाशी हुनुमा गौरवबोध गराउने गरिसजावट गरिएको अर्यालले बताए ।

यसअघि पानीको घोला रहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै गर्दै नगरपालिकाको आफ्नै लगानीमा उद्यान निर्माण गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए।

पार्कमा राखिएको एलइडीबाट नेपालले अन्तराष्ट्रिय स्तरमा खेल्ने सबै प्रकारका खेलहरु लाईभ प्रशारण हुने छन् भने नगरपालिकाबाट प्रवाह हुने सबै सुचनाहरु पनि प्रशारण हुने छन् । नेपालमा यसप्रकारको पार्क बनाउने प्रचलन नभएपनि विदेशतिर आफ्नो क्षेत्रका खेलाडीहरुले अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरका खेल खेल्दा खेलाडीहरुलाई हौसला होस् भनेर खेल देखाउने परिपाटी नौलो होईन ।

निर्वाचनको बेला घोषणापत्रमा नगरलाई स्मार्ट स्मार्ट र सूचना प्रविधिमैत्री बनाउने बाचा गरेअनुसार आईटी उद्यान निर्माण गरिएको नगरप्रमुख खाणको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित