रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

राजश्व सम्बन्धि अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

राजश्व सम्बन्धि अस्थिर नीतिले आफूहरु मारमा परेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले राजश्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरुको भनाई छ ।

आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा आर्थिक विद्येयकका कारण उद्योग व्यवसायमा पार्ने प्रभावमन विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सरकारको अस्थिर नीतिका कारण उद्योगी व्यवसायी पलायन हुने स्थितीमा पुगेको बताएका थिए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संसदबाट पास भएर आएको ऐन कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै झण्झटीला कुराहरुमा सहजिकरण गर्ने र छिटो छरितो कार्यसम्पादन मात्रै हुन सक्यो भने पनि उद्योगी व्यवसायीलाई राहत मिल्ने भनाई राखे । उनले राज्यले गर्नुपर्ने कर सचेतनासंग सम्बन्धित कार्यक्रम निजी क्षेत्रबाट उद्योग वाणिज्य संघले गरेकामा पनि आभार व्यक्त गरे ।

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको बजेट राजश्व केन्द्रीत रहेको र अव्यवहारिक कर नीतिले बन्द हुने स्थितीमा रहेका उद्योग व्यवसाय अव पलायन हुने स्थितीमा पुगेको बताए ।

उनले उद्योगी व्यवसायीलाई करको व्यवहारिक पक्षको बारेमा जानकारी गराउन र अज्ञानताका कारण हुन सक्ने कमिकमजोरी कसरी हटाउन सकिन्छ भन्ने उद्देश्यले सम्बन्धित निकायका प्रतिनीधि र विज्ञहरुसंग साक्षात्कार गर्नेगरी कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले ल्याएको बजटे र राजश्व नीति अव्यवहारिक र अवैज्ञानिक रहेको बताउँदै त्यसले निजी क्षेत्रलाई निरुत्सायित बनाएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा उद्योग समितिका सभापति राजेश अग्रवालले सरकारले ल्याएको बजेट तस्करहरुलाई प्रोत्साहन गर्नेगरी ल्याइएको आरोप लगाए। ‘कर बढाईएको छ, तर राजश्व घट्नेवाला छ ।’ उनले भने–‘बजेट अवैज्ञानिक छ, यो बजेटले तस्करीलाई प्रोत्साहन गर्छ ।’ अहिले यो देशबाट विद्यार्थी पलायन भएजस्तै उद्योगी व्यवसायी पनि पलायन हुने स्थिती आउने उनले बताए ।

त्यस्तै उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले ऐनमा वर्षैपिच्छे हुने परिवर्तनले उद्योगी व्यवसायीलाई के गर्ने भन्ने अन्यौल सिर्जना गराएको बताए । कार्यक्रम संघका महासचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको थियो ।

त्यस अवसरमा कर तथा रावश्व सम्बन्धि प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थी, आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल र भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख नारद गौतम रहेका थिए । प्यानल डिस्करणमा भन्सार तथा राजश्वमा भएको समस्या र नीतिगत व्यवस्था, उद्योगी व्यवसायीका समस्या र समाधानको खोजी गरिएको प्यानलिष्ट सिए प्रतिप भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार