मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सैनामैना अस्पताल अलपत्र

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–४, मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो ।

१२ करोड रुपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य पालिकासँग नहुँदा भौतिक निर्माणपछिका अन्य काम अघि बढ्न सकेका छैनन् । नगर प्रमुख फणीन्द्र प्रसाद शर्माका अनुसार सङ्घीय र प्रदेश सरकारले नसघाउँदासम्म अस्पताल सञ्चालन गर्न सकिँदैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १७ गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी देशमा विभिन्न स्थानीय तहका आधारभूत अस्पताल सामूहिक रूपमा शिलान्यास गरेका थिए । सोही अनुसार सैनामैनामा १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो ।

अस्पताल निर्माण सम्पन्न भएको एक वर्षभन्दा धेरै भयो । तर उपकरण, कर्मचारी नहुँदा सञ्चालन हुन सकेको छैन ।

१२ करोड रुपैयामा भवन विभागले निर्माण गरेको अस्पताल सञ्चालनको विषयमा सङ्घीय सरकार, प्रदेश सरकारले चासो नदिँदा अलपत्र परेको नगरप्रमुख शर्माले बताए ।

नगरप्रमुख शर्माले अहिले आफूहरूले उपकरणका लागि मन्त्रालयमा पत्राचार गरेको र बजेटमा उक्त विषय परेकाले यो आर्थिक वर्षबाट सञ्चालन आउन सक्ने आशा व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित