रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सैनामैना अस्पताल अलपत्र

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–४, मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो ।

१२ करोड रुपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य पालिकासँग नहुँदा भौतिक निर्माणपछिका अन्य काम अघि बढ्न सकेका छैनन् । नगर प्रमुख फणीन्द्र प्रसाद शर्माका अनुसार सङ्घीय र प्रदेश सरकारले नसघाउँदासम्म अस्पताल सञ्चालन गर्न सकिँदैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १७ गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी देशमा विभिन्न स्थानीय तहका आधारभूत अस्पताल सामूहिक रूपमा शिलान्यास गरेका थिए । सोही अनुसार सैनामैनामा १५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो ।

अस्पताल निर्माण सम्पन्न भएको एक वर्षभन्दा धेरै भयो । तर उपकरण, कर्मचारी नहुँदा सञ्चालन हुन सकेको छैन ।

१२ करोड रुपैयामा भवन विभागले निर्माण गरेको अस्पताल सञ्चालनको विषयमा सङ्घीय सरकार, प्रदेश सरकारले चासो नदिँदा अलपत्र परेको नगरप्रमुख शर्माले बताए ।

नगरप्रमुख शर्माले अहिले आफूहरूले उपकरणका लागि मन्त्रालयमा पत्राचार गरेको र बजेटमा उक्त विषय परेकाले यो आर्थिक वर्षबाट सञ्चालन आउन सक्ने आशा व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार