मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

बुटवलमा आजबाट ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री सुरु

बुटवल । बुटवलमा इलेक्ट्रिक स्कुटरको बिक्री शुभारम्भ गरिएको छ । बुटवलको क्रस फायर प्रालिले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बिक्री आरम्भ गरिएको हो ।

सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको मूल्य ३ लाख ६५ हजार तोकिएको छ । स्कुटरमा ४८ भोल्ट १८० एम्पियर आवरको लिथियम–आयोन ब्याट्री जडान गरिनुका साथै पिक पावर ४ किलोवाट छ भने, यसको टर्क १५० एनएम रहेको स्कुटरका अधिकृत बिक्रेता बाग्मती मोटरसाइकल सेन्टरका सञ्चालक चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

१४० एमएम ग्राउन्ड क्लिरियन्स भएको स्कटरमा ईको, ड्राइभ र स्पोर्ट गरी तीनवटा राइडिङ मोड दिइएको छ । जसअनुसार इको मोडमा चलाउँदा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० र स्पोर्टस मोडमा २०० किलोमिटर रेन्ज पाउन सकिने उनले बताए ।

मोड अनुसार यसको टप स्पिडसमेत फरक पार्ने कम्पनीको दाबी छ । इको मोडमा चलाउँदा प्रतिघण्टा ५१ किलोमिटर टप स्पिड पाइने स्कुटरलाई ड्राइभिङ मोडमा ६० किलोमिटर प्रतिघण्टा र स्पोर्ट मोडमा ६८ किलोमिटर प्रतिघण्टाको टप स्पिडमा गुडाउन सकिने ग्यारोका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित