तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले रुपन्देही आर्थिक पारदर्शीतामा ‘ए’ ग्रेडमा

नेकपा एमाले रुपन्देहीको आय व्यय विवरण पारदर्शी भएको पार्टीको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देशभरीका जिल्ला कमिटीको मूल्यांकन गरी पुरस्कृत गर्ने र त्यसमध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन् ।

एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन २०७९/०८० सालको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै पन्थीले लेखा परिक्षण कार्यविधि २०८० बमोजिम सम्पन्न गरिएको बताए ।

हामीले सबै तलदेखि माथिसम्मको हिसाब निर्वाचन आयोगलाई बुझाउँछौं । लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पन्थीले भने, ‘तल जिल्ला कमिटीसम्मको हिसाब बुझाउँछौं ।

अनिवार्य लेखा हिसाब हुने गरेको बताउँदै पारदर्शीताका लागि एमालेले लेखा परीक्षण गर्ने गरेको पन्थीले बताए ।

पार्टीको हिसाब किताब र स्कूलिङ पनि एमालेमा राम्रो हुनेगरेको उपाध्यक्ष पन्थीले बताए । जिल्ला कमिटीले स्वंय लेखा हुन्छ भने अन्तिममा केन्द्रिय लेखा आयोगले गर्ने पन्थीले बताए ।

एमाले रुपन्देहीको केन्द्रिय लेखा आयोगका सचिव शिव हरि अधिकारी, सदस्य बद्री भट्टराई, र सदस्य मोहन राज रेग्मीले लेखा परीक्षण गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित