
रुपन्देही जिल्लामा ३२ प्रतिशत महिला पार्टी सदस्य र ७ प्रतिशत दलित पार्टी सदस्य रहेको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा संगठानिक प्रतिबेदन प्रस्तुत गर्दै नेकपा एमाले रुपन्देहीका सचिब यज्ञ गैरेले नेकपा एमाले रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा २०८० सालमा नवीकरण गरेका १५ हजार ९ सय ३० जना पार्टी सदस्य रहेको बताए ।
जसमा पुरुष १० हजार ८ सय २३ र महिला ५ हजार १ सय ९ जना रहेको सचिब गैरेले बताए । जसमध्ये १६ वटा पालिकामा, क्षेत्रिय समन्वय कमिटी, पालिका, पालिका कमिटी, वडामा वडा कमिटी र टोल-टोलमा टोल कमिटी समेत रहि पार्टी कृयाशिल रहेको बताए ।
नेकपा एमालेका रुपन्देही जिल्लामा अनेरास्ववियु, रास्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ गरि २३ वटा भातृसंगठन रहेको सांगठनिक प्रतिबेदनमा सचिब गैरेले प्रस्तुत गरेका थिए ।