तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले रुपन्देहीको १० औं अधिवेशन : भैरहवामा बन्दसत्र सुरु

भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेसनको बन्दसत्र शुरु भएको छ । बिहिवार बिहानैदेखि शुरु भएको बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार बढी बन्दसत्रको हलमा उपस्थित रहेको पार्टीका प्रचार विभाग प्रमुख हितराज पन्थिले बताए ।

पार्टीका जिल्ला उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख पन्थिका अनुसार पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र के.सीले राजनैतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष के.सीले पेश गरेको राजनैतिक प्रतिवेदनमा रुपन्देही जिल्लामा एमालेको जनधार सबैभन्दा बलियो भएको तथ्य पेश गरेका छन् । जिल्लामा क्रियाशिल पार्टीहरुको विश्लेषण गर्दै केसीको प्रतिवेदनमा राष्ट्रिय हित र स्वाभिमानको पक्षमा दृढतापुर्वक उभिन समेत आह्वान गरिएको छ । यसैगरि प्रतिवेदनमा भ्रष्टाचारको बिरुद्धमा निमर्मतापुर्वक लाग्न सबैलाई आग्रह समेत गरेको गरिएका छ ।

प्रतिवेदन प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई प्रमुख प्रतिसपर्धि मानिएको छ । बन्दसत्रको अध्यक्ष मन्डलको संयोजक पोलिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज दल बहादुर राना र सदस्यहरु पोलिटक्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गोमा आचर्य, केन्द्रीय सदस्य कमल गौतम र प्रदेश कमिटि उपाध्यक्ष भोजप्रसाद श्रेस्ठ रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित