तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त ईतिहास बिमोचन 

भैरहवा । नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहासको पुर्ब अर्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले बिमोचन गरेका छन् ।
भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा उक्त पुस्तक पौडेलले बिमोचन गरेका हुन ।
रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास समेटिएको  पुस्तक प्रकाशन गरेको नेकपा एमाले रुपन्देहीको सङ्क्षिप्त इतिहास पुस्तकको प्रकाशन गरेको हो ।
रुपन्देही जिल्ला कमिटीले ५० औं बर्ष पूरा गरेको अबसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डाक्टर मुरारी पराजुलीले गरेका छन् ।
पुस्तक जम्मा ३ सय ५ पृष्ठ रहेकोमा ६ अध्यायमा रुपन्देही जिल्लाको परिचय, कम्युनिस्टको परिचय र प्रसार, नेपाल कम्युनिस्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको ईतिहास, एमाले रुपन्देहीको सङ्क्षिप्त नेतृत्व परिचय तथा २००९ साल देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने ब्यक्तित्वहरुको समय अबधि सहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ ।
नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिब २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसीको ब्यक्तिगत र पार्टीगत जिवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु ४ सय ९९ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित