तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा राप्रपा सांसद यादवको निलम्बन फुकुवा

राप्रपाबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित कपिलवस्तुका जानकीप्रसाद यादवको निलम्बन फुकुवा गरिएको छ । सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाको ११ औं बैठकमा यादवको सांसद पद फुकुवा भएको सदनलाई जानकारी गराए ।
सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरेको शीर्षकमा विशेष अदालतमा मुद्दा दायर भएपछि फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलगेसम्म लुम्बिनी प्रदेश सभाले सांसद पदबाट निलम्बन गरेको थियो । यादवले अदालतबाट सफाई पाएको प्रदेश सभामा पत्र आएपछि सांसद पद फुकुवा भएको सभामुख घर्तीले जानकारी गराए ।

यादव राप्रपा कपिलवस्तु प्रदेशसभा ३ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । राप्रपाका लुम्बिनी प्रदेश सभामा चार जना सांसद रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित