तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी कांग्रेसमा संसदीय दलको नेता फेर्ने कसरत

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसदहरुले डिल्ली बहादुर चौधरीलाई संसदीय दलको नेता बाट हटाउने प्रयास गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री रहेका चौधरीलाई प्रदेश सभाका सांसदहरुले दलको नेताबाट हटाउने कसरतमा लागेका हुन ।

पुर्वमन्त्री राजु खनाल संस्थापन पक्ष छाडेर डा. शेखर कोइराला र गगन थापा पक्षमा लागे सँगै चौधरीलाई दलको नेताबाट हटाउन लागेका हुन ।

खनालले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई भेटेर दलको नेता फेर्न पहल गरिरहेको स्रोतको दावी छ । स्मरण रहोस गिरी संस्थापन पक्षकै नेता हुन् ।

गिरीले नै यसअघि चौधरीलाई दलको नेता बनाउने बेला संयोजन गरेका थिए ।

चौधरीलाई दलको नेता बाट हटाएर राजु खनाल वा बीर बहादुर राना मध्ये एक दलको नेता बनाउने रणनीति ईतर समुहेको छ ।

लुम्बिनी पार्टीमा इतर समूहको वर्चश्व रहेको तर संसदीय दलमा भने गणित केही थोरै भएकाले यसअघिको प्रयास विफल भएको थियो ।

‘हामीले दलको नेता फेर्नेगरी बैठक बसेका छौं, केही समयमा यसलाई अगाडि बढाउँछौं, सम्भवतपूर्वमन्त्री राजु खनाल वा वीरबहादुर रानामध्येबाट छनौट हुनुहुनेछ, एक नेताले भने ।

८७ सदस्यीय प्रदेशसभामा दोस्रो दल रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित