प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

रुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई खोप दिने तयारी भइरहेको जानकारी दिएको हो । कार्यालयका अनुसार जेठको १३ देखि २३ गतेसम्म दुई चरणमा खोप लगाइने छ । जसका लागि जिल्लाका ८ सय ५६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । रुपेन्देहीमा १६ वटा स्थानीय तह रहेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले पोलियोविरुद्ध ०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि ०७३ देखि ०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका उक्त खोपबाट बञ्चित भएकाले यस पटक खोप अभियान सञ्चालन गरिएको बताए । ढकालका अनुसार, ०७० चैत १३ मा दक्षिण एशियाका सबै मुलुकमा पोलियोको बिरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखा परिरहेकाले ती देशबाट पोलियो संक्रमण हुन सक्ने संभावना भएकाले खोपलाई निरन्तरता दिनुपरेको प्रमुख ढकालले बताए ।

पोलियो भएकामध्ये ३ प्रतिशतलाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ । जेठको १३ देखि १६ गतेसम्म प्रथम चरणअन्तर्गत बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह, सैनामैना, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन र सियारीमा खोप लगाउने तयारी छ ।

जेठ २० देखि २३ गतेसम्मको दोस्रो चरणमा गैडहवा, कंचन, सम्मरीमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवी गाउँपालिकामा खोप लगाइने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित