आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार

नागरिकको स्वास्थ्य परिक्षणका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै विशेषज्ञ चिकित्सकसहितको एकिकृत निःशुल्क स्वास्थ्य सेवा संचालन गरेको छ ।
पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा गाउँपालिकाले हरेक वर्ष एकिकृत निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । पदभार ग्रहणको तेस्रो वर्षको अवसरमा शनिवार चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुरमा संचालन गरिएको एकिकृत निशुल्क स्वास्थ्य शिविरमा एक हजार ७ सय ५४ जनाले उपचार सेवा पाएका हुन् ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरु सहितको टिमले गाउँमै पुगेर जनरल फिजिसियन सेवा, मुटुरोग सम्बन्धी सेवा, हाडजोर्नी तथा नशारोग, महिला प्रसुत तथा स्त्री रोग, छाल तथा यौन रोग, दाँत सम्बन्धी सेवा र आँखा परिक्षण सेवा प्रदान गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. हरी पन्थीको नेतृत्वमा गएको १६ जना डाक्टरहरुको टोलीले फिजिसियन तर्पm ५ सय ८०, हाड जोर्नी तथा नशारोग तर्पm ३ सय ४७, महिला प्रसुत तथा स्त्री रोग तर्पm १ सय ६०, छाला तथा यौन रोग तर्पm १ सय १, यूरो सर्जन तर्पm २४ जनाले सेवा लिएका थिए । त्यस्तै १ सय २२ जनाले भिडियो एक्सरे, ७२ जनाले इसिजी सेवा प्राप्त गरेका थिए । फिजिसियन तर्पm डाक्टर पन्थीसहित विभव बस्याल सहितको टोली, हाडजोर्नी तर्पm डाक्टर रमेश अर्याल र विकास न्यौपाने, महिला तथा स्त्री रोग तर्पm डाक्टर ज्योती श्रेष्ठ, डा. शिला ढकाल लगायतले सेवा प्रदान गरेका थिए ।
पालिकाले सम्पूर्ण बिरामीलाई औषधी निशुल्क वितरण गरेको थियो । त्यस्तै परिक्षण र उपचारको क्रममा लाग्ने ल्याव, एक्सरे, इसिजी सेवाका लागि स्थानीय सि एण्ड सि अस्पतालले प्राविधिक सेवा प्रदान गरेको थियो । गाउँपालिका अध्यक्ष युवराज खत्रीले जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको दिनलाई स्मरणयोग्य बनाउन हरेक वर्ष गाउँमै एकिकृत सेवा प्रदान गर्ने गरी नियमित निःशुल्क शिविर संचालन गर्ने गरिएको बताए । चन्द्रकोट गाउँपालिकासहित त्यस आसपासमा विशेषज्ञसहितको सेवा अभावले बिरामीले सामान्य सुगर, प्रेसर, थाईराईड लगायतका परिक्षणका लागि पनि बुटवल नै पुग्नु पर्ने बाध्यता छ । ‘कम्तिमा वर्षमा एक पटक मात्र भएपनि गाउँमै सेवा प्रदान गर्ने उद्देश्यले शिविर संचालन गर्ने प्रयास गर्दै आएका छौं,’ उनले भने, ‘स्वास्थ्य परिक्षण र रोगको निदानका लागि पनि शिविरले ठुलो योगदान गर्दो रहेछ ।’ परिक्षणकै लागि बुटवल जानु पर्ने प्रति बिरामी कम्तिमा १० हजार शिविरले बचत गर्ने गरेको उनले बताए । गत वर्ष संचालन गरेको दुई दिने शिविरमा झण्डै २ हजार विरामीले सेवा लिएका थिए ।
दुर्गमका बिरामीलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले पालिकाले चालु आवको नीति तथा कार्यक्रममै स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम पारित गरेको र पालिकाको स्वस्थ्य नागरिकको परिकल्पनालाई पुरा गर्न गाउँपालिकाले शिविर संचालन गरेको उपाध्यक्ष विष्णु भण्डारीले बताए । ‘शिविरले आर्थिक अभावकै कारण बुटवल पुग्न नसकेर रोग लुकाएर बसेकाहरुलाई सजिलो भएको छ,’ उनले भने, ‘शनिवारको शिविरमा उपचार गराएका मध्ये कम्तिमा १० प्रतिशत अति विपन्न परिवारका विरामीले सेवा लिएका छन् ।’ शिविरमा जटिल रोग फेला परेका २ सय बढी बिरामीलाई तत्काल थप उपचारका लागि बुटवल वा अन्यत्रका अस्पतालमा जान सुझाव दिईएको पनि उनले बताए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार