तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बहालवाला अध्यक्षलाई पराजित गरी कपिलवस्तु एमाले अध्यक्षमा खनाल

बुटवल । बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गरी नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । शर्मालाई पराजित गर्दै खनाल पार्टीको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

५५९ जना प्रतिनिधि रहेकोमा ५३२ जनाले मतदान गरेका थिए । खनालले २७८ मत ल्याएर विजयी हुँदा शर्माले २५३ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा शंकर पाण्डेले ३१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भेषराज पाण्डेले २०१ मत ल्याएका छन् ।

त्यसैगरी सचिवमा सिबी गहतराज विजयी भएका छन् । उनले ३०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी विश्व कार्कीले २१२ मत ल्याएका थिए । त्यसैगरी उपसचिव खुलामा देवीप्रसाद पोखरेल र महिला उपसचिवमा शुशीला दर्लामी विजयी भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित