मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

बहालवाला अध्यक्षलाई पराजित गरी कपिलवस्तु एमाले अध्यक्षमा खनाल

बुटवल । बहालवाला अध्यक्ष डम्बर शर्मालाई पराजित गरी नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । शर्मालाई पराजित गर्दै खनाल पार्टीको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

५५९ जना प्रतिनिधि रहेकोमा ५३२ जनाले मतदान गरेका थिए । खनालले २७८ मत ल्याएर विजयी हुँदा शर्माले २५३ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा शंकर पाण्डेले ३१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भेषराज पाण्डेले २०१ मत ल्याएका छन् ।

त्यसैगरी सचिवमा सिबी गहतराज विजयी भएका छन् । उनले ३०४ मत ल्याउँदा उनका प्रतिस्पर्धी विश्व कार्कीले २१२ मत ल्याएका थिए । त्यसैगरी उपसचिव खुलामा देवीप्रसाद पोखरेल र महिला उपसचिवमा शुशीला दर्लामी विजयी भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित