रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

दृष्टिविहिनलाई हस्ताक्षर सिकाउन तालिम

माईराईट्सको सहयोगमा नेत्रहिन युवा संघ नेपालको संमन्वय र नेत्रहिन युवा संघ रुपन्देहीको आयोजानमा बुटवल १२ ढवाहमा दुई दिने हस्ताक्षर सम्बन्धी तालिम प्रदान गरिएको छ ।

तालिममा रुपन्देही जिल्लाका विभिन्न पूर्ण दृष्टिविहिन भएका २० जना युवा युवतीहरुको सहभागीता रहेको छ । दुई दिन सम्म चल्ने तालिममा खासगरी बैंकींग प्रयोजनामा पूर्ण दृष्टिविहिन भएका व्याक्तिहरुले हस्ताक्षर गर्न नजान्दा बैंकींग पहुँचबाट समेत टाढा हुनुपर्ने बाध्यातलाई अन्त्य गर्नको लागि आयोजना गरिएको दृष्टिविहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पोखरेलले जानकारी दिए ।

तालिममा पुर्ण दृष्टिविहिन भएका युवायुवतीहरुको लागि आफ्नो नामको अघिल्लो अग्रेजी अक्षर र थरको अघिल्लो अक्षरलाई तालिमको दौरानमा सिकाउने र सोही आधारमा हस्ताक्षरबाट नै बैंकींग खाता सञ्चालन लगायतका काम अगाडी बढाउने योजना रहेको अध्यक्ष पोखरेलको भनाई रहेको छ ।

तालिममा नेत्रहिन युवा संघ रुपन्देहीका सचिव ऋषिराम बिसी, नेत्रहिन क्रिकेट संघका एम्पायर खिमानन्द गैरे, नेत्रहिन युवा संघका सह सचिव समिक्षा ज्ञवाली, कोपीला घिमिरे लगायतले सहजीकरण गरेका छन् । अहिले पनि बैंकींग प्रयोजनको लागि खाता खोल्न जाँदा पूर्ण दृष्टिविहिन भएका व्याक्तिहरुले ल्यापे गरेर मात्रै खाता सञ्चालन हुँदै आएको छ भने अन्य डिजिटल उपकरण समेत चलाउनको लागि उनीहरु हस्ताक्षर सहितको खाता नभएको कारण बञ्चीत हुनुपरेको गुनासो रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार