तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा

युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले स्थापनाको ६ वर्षमै १ लाख ८१ हजारलाई ओपिडी सेवा प्रदान गरेको छ ।

स्थापनाको ७ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले हालसम्म प्रदान गर्दै आएका सेवा तथा भावि योजना बारे जानकारी गराएको छ । हस्पिटलले स्थापनाको ६ वर्ष पूरा गरी ७ औं वर्ष प्रवेशको अवसरमा ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउँदै छ । स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण, निशुल्क स्वास्थ्य परीक्षण तथा विभिन्न सेवामा छुटको व्यवस्था गरेको छ ।

वैशाख १२ देखि १४ गतेसम्म निःशुल्क ईसिजी सेवा, ल्याव परीक्षणमा २० प्रतिशत छुटको व्यवस्था तथा फूलवडी चेकअपमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष दिपेश प्रधानले जानकारी दिए । यसैगरी ७० वर्ष माथिकालाई निःशुल्क टिकटको व्यवस्था, प्रत्येक महिनाको पहिलो शनिबार ५ सय रुपैयाँमै थाइराइड परीक्षण लगायतको सेवा प्रदान गर्दै आएको अस्पतालले निःशुल्क सुगर परीक्षणको समेत व्यवस्था मिलाउने तयारी भैरहेको अध्यक्ष प्रधानले जानकारी दिए ।

यस क्षेत्रमै दम, छाती तथा श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सेवाका कारण पहिचान बनाएको उनले दाबी गरे । यसैगरी मुटु, फोक्सो, मृगौला, दम, युरोसर्जरी, हाडजोर्नी, महिला तथा स्त्रीरोग, नसा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सुविधा दिँदै आएको सिद्धबाबा अस्पतालले सरकारबाट २४ बेडको मान्यता प्राप्त गरेको छ भने १० वटा आईसियु बेडको सेवा दिंदै आएको निर्देशक यमन चन्द प्रधानले बताए । सामाजिक उत्तरदायित्वमा समेत अग्रस्थानमा रहेको अस्पतालको दाबी छ । यसैगरी ७० वर्षभन्दा माथि, विपन्न, अपाङ्गता भएका बिरामीहरुलाई ओपिडिमा निःशुल्क सेवा दिदै आएको उनले बताए । समयसापेक्ष अस्पताल साँघुरो भएकाले एक सय बेडको अस्पतालका रुपमा बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीबाट शुरु गरिएको अस्पताललाई स्तरिकरण गरि एक सय बेडमा लैजान एक अर्ब आवश्यक हुने र त्यसका लागि सेयर सदस्य थप, संघ–संस्थाहरुसँग सहकार्य, बैंक तथा वित्तीय संस्थासँग लगानी आह्वान गर्ने लगायतका प्रक्रियाहरु अघि बढाउने योजना रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपाने

अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेको अनुसार वार्षिक अस्पतालमा २५÷३० हजार बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् । हस्पिटलमा नेपाल सरकारको मान्यता अनुसार निःशुल्क डायलोसिस सेवा समेत दिँदै आएको छ । ‘पाँच वटा मेशिनबाट निरन्तर २० जनालाई दैनिक सेवा दिदै आएका छौ’– उनले भने । अस्पतालले गर्ने डायलासिसको खर्च समयमा सरकारबाट प्राप्त नहुँदा आर्थिक समस्या बढेको उनले बताए । ‘सेवाको रिपोर्ट मासिक पेश गरेपनि भुक्तानीमा समस्या छ ।’– उनले भने ।

अस्पतालमा लुम्बिनी प्रदेशसहित अन्य १० जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् । अस्पतालले लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठानका विभिन्न पालिकाहरुमा निःशुल्क मृगौला, मधुमेह लगायतका शिविर तथा सचेतनाका कार्यक्रम समेत गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकहरु, ५ जना मेडिकल अफिसरसहित करिब एक सय चिकित्सक, कर्मचारीहरु कार्यरत छन् । भविष्यमा क्याथल्याव सेवा सञ्चालन गर्ने योजनामा रहेको न्यौपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित