रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट

पाल्पाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा स्तरिय नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको छ ।

बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्त लगानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवल बाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने रिसोर्ट समुन्द्र सतह देखि ९५० मिटर उचाईमा रहेको छ ।

बुटवलको चर्को गर्मीबाट केही सित्तलता प्राप्त गर्न र रमाउन चाहनेहरुका लागि मध्यनजर गर्दै दुई युवाहरुले ९० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन ।

रिसोर्टले एग्रो फार्म पनि सञ्चालन गरेको छ । रिसोर्ट सञ्चालक कृष्ण कुमालले बुटवलको कोलाज बाट केही टाढा रहेर रम्नेहरुका लागि रिसोर्ट उत्कृष्ट गन्तव्य रहेको बताए ।

रिसोर्टबाट रात्रिकालिन बुटवल पूरा देख्न सकिन्छ । गाउँले परिवेश रहेको रिसोर्टमा गुन्द्रीमा पलेटी कसेर खानपिनमा रमाउन सकिन्छ । साथै घोडा सवार गर्न पनि रिसोर्टमा पाईने उनले बताए । १० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा हाल ८ वटा मात्र कोठा छन् ।

रिसोर्ट बाहिर क्याम्पियन फायर गर्ने व्यवस्था समेत छ । त्यस्तै १५ वटा टेन्ट राखेर बाहिरै ग्राहकले रातीमा सुत्न पाउँछन् ।

अहिले रिसोर्टमा दैनिक २० देखि ५० जना सम्म पुग्ने गरेका छन् । सञ्चालक कुमालले यो अवस्थामा पनि रिसोर्टले गति लिनु सुखद भएको बताए । उनले अझै केही संरचना थप गर्न बांकी रहेको भन्दै पूर्ण क्षमतामा रिसोर्ट सञ्चालनमा आउन भने केही समय लाग्ने बताए ।

रिसोर्टमा मौलिक परम्पराका बस्तुहरु राखिएको छ । गुन्द्री, लान्टिन, डोका, थुम्सीले रिसोर्टलाई थप आर्कर्षित बनाएको छ ।

रिसोर्टका अर्का सञ्चालक प्रतिक भट्टराईले ग्राहकहरुलाई सन्तुष्ट दिने गरी आफुहरुले रिसोर्टमा नेपाली मौलिकतापन झल्काएको बताए । गाउँले परिवेशमा बनेको जस्तै रिसोर्टको भवनले धेरैलाई लोभ्याउने गरेको उनले बताए । रिसोर्टमा ५ जनाले रोजगारी पाएका छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित