लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।

बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरेका हुन्।

थपिएका मन्त्रीहरूमा: दिनेश पन्थी, खड्क बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमेश्वर ढकाल र रत्नबहादुर खत्री रहेका छन्।

यस्तै, यसअघि नियुक्त भएका तीन जना मन्त्रीले पनि विभागीय जिम्मेवारी पाएका छन् । मन्त्रीहरू भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय, देपेन्द्रकुमार पुन स्वास्थ्य मन्त्रालय र चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय विभागको जम्मेवारी पाएका हुन्।

उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार