तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।

बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरेका हुन्।

थपिएका मन्त्रीहरूमा: दिनेश पन्थी, खड्क बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमेश्वर ढकाल र रत्नबहादुर खत्री रहेका छन्।

यस्तै, यसअघि नियुक्त भएका तीन जना मन्त्रीले पनि विभागीय जिम्मेवारी पाएका छन् । मन्त्रीहरू भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्रालय, देपेन्द्रकुमार पुन स्वास्थ्य मन्त्रालय र चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय विभागको जम्मेवारी पाएका हुन्।

उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित