बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।
होटल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने होटल पौवा भैरहवा र बुटवलले पौवा परिषरमै बृहत रक्तदान कार्यक्रम गरेको छ ।
स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।
त्यसैगरि पौवाको तानसेन शाखाले सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरुलाई खाना खुवाएको छ भने दाङको घोराहीशाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ ।
यस्तै पौवाको लमही शाखाले नगर सरसफाई, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिषरको सरसफाई कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफुल बितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । धनगढी पौवाले नगर तथा शिवपुरि धाम मन्दिर सरसफाई तथा गोरुसिङ्हे शाखाले स्थानीय नगर सरसफाई तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेर वार्षिकोत्सव मनाएको छ ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका बिभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।
पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १, गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । गौतमका अनुसार शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको छ ।