रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलमा समृद्धी एकेडेमी उद्घाटन

बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो।

हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित सञ्चालित एकेडेमीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे।

उनले  हरेक ब्यक्ति सीप संग जोडिएको हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउदै मानवीय संसाधन बिकासमा उपमहानगरले कार्यक्रमहरु गर्दै आएको बताए।

उनले अहिलेको मन्दीको गरेको लगानीलाई बुटवलले जोगाउनको लागि आवश्यक सहकार्य गर्ने आश्वासन दिए।

उनले अहिले शिक्षा मात्रै भएर रोजगारी नपाएको अवस्थामा यो पेसा सिकेमा देश तथा बिदेशमा रोजगारीको लागि सहजता  हुने भएकोले यस्ता क्षेत्रमा निजि क्षेत्रले लगानी गरेमा उपमहानगरले आवश्यक सहयोग गर्ने बताए।

ठाकुरको  ३० लाख एकल लगानीमा उद्घाटन भएको एकेडेमीमा एकै पटक ४० जना सम्म सिकाउन सकिने सञ्चालक ठाकुरले बताए। एकेडेमीमा प्रत्येक ५ जना जनशक्तिलाई रोजगारी दिएको बताए।

एकेडेमीमा २० हजार  देखि १ लाख ५ हजार सम्मका कोर्सहरु रहेको बताउदै उनले नयाँ वर्षमा २० प्रतिशत छुटको ब्यवस्था रहेको बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ अध्यक्ष नरिश्वर शर्मा पौडेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, पूर्व अध्यक्ष महेशमान श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रुपन्देही ब्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, सौन्दर्य कला ब्यवसायी संघका रुपन्देहीका अध्यक्ष आसु गुरुङ,अग्रज ब्युटीसियन मिना प्रधान लगायतले बोल्दै स्वरोजगरामुलक पेसामा लगानी गरेको भन्दै शुभकामना ब्यक्त गरे।

समृद्धि सलोन तथा एकेडमीका बुटवल, मणिग्राम,बर्दघाट, जितपुर, पोखरा गरि ५ शाखा छन भने यी शाखामा ५० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार