तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ।

५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्।

तर त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्नु र दरबन्दी अनुसारका चिकित्सक पनि नआउनुले सेवा प्रवाहमा समस्या हुन थालेको हो।

अस्पतालमा तत्काल पाँच सय बढी जनशक्ति आवश्यक छ। अहिले यहाँ चिकित्सक, नर्ससहित २३७ जना कर्मचारी कार्यरत छन्। दरबन्दीका जनशक्ति ७४ जना मात्रै हुन्।

अस्पतालमा विशेषज्ञ डाक्टर २ जना छन्। काज र करार गरी थप १२ जना डाक्टर छन‍्।

मेडिकल अफिसरको दरबन्दी ६ जना छ। काज र करारमा गरी जम्मा १४ जना मेडिकल अफिसर अस्पतालमा छन्। अन्य विभिन्न क्षेत्रका सबै कर्मचारी अस्थायी, करार सेवामा कार्यरत हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले सरल र सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा आफूहरू गम्भीर रहे पनि बिरामीको चाप बढ्दै गएको बताए। त्यसअनुसार दरबन्दी नबढ्दा समस्या हुने गरेको उनी बताउँछन्।

तुलसीपुर उपमहानगर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका सर्वसाधारणहरू यहीँ आउने गरेका छन्।

त्यस्तै छिमेकी जिल्ला रोल्पा, रूकुम पूर्व, सल्यान, रूकुम पश्चिमबाट पनि बिरामीहरू उपचार गराउन त्यही अस्पताल पुग्छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित