तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढा

नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित भएका छन् । एमाले रोल्पाको सातौं जिल्ला अधिवशेनमा १९५ मतसहित बुढामगर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी घनश्याम आचार्यले ११२ मत ल्याए । उपाध्यक्षमा विजय घर्तीमगर निर्विरोध भए ।

सचिवमा नेपबहादुर थापा विजयी भएका छन् । थापाले १८२ मत ल्याउँदा प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मत ल्याएका थिए । उपसचिवमा बमबहादुर पुन विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत ल्याए । त्यसैगरी महिला उपसचिवमा रमिता डाँगी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कृष्णीकुमारी गौतमले ६१ र तारा सेनले २५ मत ल्याएका छन् ।

त्यसैगरी, ५ जना खुला सदस्यहरूमा सन्तोष बाठा, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर, परबिर बिक, विजयी भएका छन् । अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित