तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा

अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा लागेका छन् । बहुमत जुटाउने कसरत गर्दै उनी मन्त्री थप्ने तयारीमा छन् ।

केन्द्रमा बनको नयाँ समीकरणअनुसार चौधरी दौडधूपमा लागे पनि बहुमत पुग्ने सम्भावना न्यून छ ।

लुम्बिनी सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एक स्वतन्त्र सांसदलाई मन्त्री बनाउने तयारी रहेको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट २, लोसपाबाट १ र स्वतन्त्रतर्फका १ जनालाई मन्त्री बनाउने मुख्यमन्त्री चौधरीको तयारी छ ।

‘आज हेरौं के हुन्छ, भोलिसम्म मुख्यमन्त्रीले मन्त्री थप गर्ने सम्भावना छ’, पाण्डेयले भने ।

मुख्यमन्त्री चौधरीले शनिवार बुटवलमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग गोप्य भेटवार्ता गरेका थिए । बुटवलको एक होटलमा कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी, प्रदेश सभा सदस्य धनेन्द्र कार्की र प्रतिनिधि सभा सदस्य दीपक गिरीबीच छलफल चलेको थियो ।

नाउपाका प्रदेश सरकारका मन्त्री धर्मबहादुर चौधरी लुम्बिनी प्रदेशमा नाउपाले थप एक मन्त्री र एक राज्यमन्त्री मागेको बताइएको छ ।

नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरिसकेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शपथ लिए पनि लुम्बिनीका मन्त्रीले राजीनामा दिएका छैनन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभा लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् ।

लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । राप्रपाका एक जना सांसद भ्रष्टाचारको आरोप लागेपछि निलम्बनमा परेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित