योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो

बुटवल । ‘सन्तुष्टि जहाँबाट आरम्भ हुन्छ…’ भन्ने नाराका साथ स्थापना भएको गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ ।

डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त शाखाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने गणपती मिष्ठान्न भण्डार प्रा.लिका अध्यक्ष नारायण केसीले बताए ।

योगिकुटी शाखामा डम्बर कुँवर र सरास्वती ज्ञवालीको लगानी रहेको छ । एकै पटक ७० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको हो । योगिकुटी शाखामा कुल १७ जनाले रोजगारी पाएका छन् ।

मिष्ठान्न भण्डारमा ६० प्रकारका मिठाई पाईने सञ्चालक डम्बर कुँवरले बताए । गुणस्तर, अखाद्य मिठाईका लागि पहिचान बनाएको गणपती मिष्ठान्न भण्डारले पछिल्लो समय नयाँ आउटलेट सञ्चालनमा तिब्रता दिएको छ ।

६ महिना अघि मात्र गणपतीको छैठौ शाखा देविनगरमा सञ्चालनमा आएको थियो । गणपती मिष्ठान्न भण्डार प्रा.लिमा कुल ६ जनाको लगानी रहेको छ । यसका अध्यक्ष नारायण केसी हुन । बांकी सञ्चालकहरुमा मेघराज पन्त, किरण थापा, डम्बर कुँवर, माया ज्ञवाली र चुम बहादुर खत्री रहेका छन् ।

गणपतीको कुल सात शाखामा १२ करोड लगानी भएको छ । जसबाट दैनिक डेढ क्युन्टल मिठाई विक्रि हुने गरेको अध्यक्ष केसीले बताए ।

गणपतीको सवै शाखामा १२० जनाले रोजगारी पाएका छन् ।

अध्यक्ष केसीका अनुसार अब खैरेनी, भैरहवा, लुम्बिनीमा पनि गणपतीको नयाँ शाखा खोल्ने योजना छ ।

हाल गणपती ट्राफिकचोक, मिलनचोक, देविनगर, मुर्गिया, मणिग्राम, जीतगढीमा सञ्चालनमा रहेको छ । सातौ शाखा योगिकुटीमा शुभारम्भ भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित