रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि : डुओडेनोस्कोपी सेवा शुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ ।

अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई डुरबिनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पालका डा. मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा. थापासहित डा. रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब (एन्डोस्कोप) वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ । पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने डा. भुसाल बताउँछन् ।

यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उनले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दाबी गरे । यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार