फेलिक्स ईस्ट्रनको सेवा बुटवलमा

वैदेशिक अध्ययनमा जाने युवाहरुलाई मध्येनजर गर्दै बुटवलमा फेलिक्स ईस्ट्रन बुटवल एजुकेशनल कन्सल्टेन्सी प्रालि शुभारम्भ भएको छ ।

अष्ट्रेलिया, काठमाडौ र फिलिपिन्समा कार्यालय रहेका प्रालिको बुटवलमा समेत कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा प्रालिका सिईयो नेत्रजंग पाण्डेले लामोसमय अष्ट्रेलिया बसोबास गरेका हुदा त्यहाको वातावरण राम्ररी बुझेको बताउछन ।

सन २००९ मा गएका उनी विभिन्न संघसंस्थाहरुमा आवद्ध भएर कामको अनुभव रहेको छ । गोर्खा हार्वेसटिङ र एटु जेड स्टाफिङ गरि दुई वटा लाईसेन्स प्राप्त कम्पनी समेत संचालन गरेको उनले बताए ।

कृषि र जनशक्ति उपलब्ध गराउने गरि कम्पनीबाट पार्ट टाईम रोजगार समेत दिन सफल भएको उनले बताए । पहिलेको तुलनामा पछिल्लोसमय विद्यार्थीहरुले गलत कागजी प्रक्रियाका कारण भिसाको समस्या देखिएको उनले बताए । अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्यान्डमा पठाउदै आएको उनले बताए ।

प्रालिका म्यानेजिङ डाईरेक्टर रोशन भुषालले दक्ष प्रशिक्षकहरुबाट आयल्स, पिटिई, युकेभिआई क्लासहरु दिईने बताए । काउन्सिलिङको कामसंगै ट्रेनर झिकाएर नै सीपमुलक आवश्यकता अनुसार तालिमहरु दिदै आएको उनले बताए ।

प्रालिका जुना परियारले वैदेशिक अध्ययनमा जाने युवाहरु जो कठिनाईमा परेको समस्या छ।यस्तोमा उनिहरुलाई सहयोग गर्ने लक्ष्यसहित स्थापना गरिएको बताईन । विद्यार्थीहरुलाई जान भन्दा अघि नै सहि सुचना पाउने ब्यवस्था र आवश्यक सहयोग गर्ने उदेश्यका साथ स्थापना गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित