तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विद्युत्तका पोल समयमै नसार्दा बुटवल–नारायणगढ सडकको काम प्रभावित

बुटवल । विद्युतको पोल सार्ने काम समयमा नै नहुंदा बुटवल नारायणगढ सडक खण्ड विस्तारको काम प्रभावित भएको छ ।

विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ । तर, समयमा नै रकम भुक्तानी नभएको भन्दै दोस्रो पक्षले पोल सार्न ढिलाई गरेपछि काम प्रभावित बनेको हो ।

सडक विस्तारको म्याद सकिन लाग्दा ठेकेदारले कामलाई केही तीब्रता दिएपनि पश्चिम खण्डमा ५४ प्रतिशत विद्युतका पोल सार्न बांकी रहेको आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंशाक मिश्रले बताए ।

अहिलेको कामको मुख्य चुनौती भएको भन्दै पोल सार्ने काममा सहजीकरण गरिदिन ठेकेदार पक्षले प्रशासनलाई आग्रह गरेको छ ।
सुनवल, देवदह लगायतका मुख्य बजार क्षेत्रमै पोल सार्न बांकी हुंदा माटो फिलिङको काममा ढिलाइ भएको छ ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको थियो ।
तर , पांच वर्ष हुंदा समेत ४५ प्रतिशत मात्र काम भएको छ । गत वर्ष थपिएको म्यादको आधारमा २०८१ सालको साउन ६ गतेसम्म आयोजनाको म्याद रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित