![](https://tinaunews.com/wp-content/uploads/2023/02/lumbini-pardesh-sava.jpg)
![](https://tinaunews.com/wp-content/uploads/2023/02/lumbini-pardesh-sava.jpg)
लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएकाे छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ दिउँसो ३ बजेका लागि आह्वान गरेअनुसार प्रदेश सभाको बैठक बस्न थालेको हो ।
प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश सभा सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।