तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मुद्दा परेपछि पूर्वमन्त्री यादवको प्रतिक्रिया- मलेसियाबाट काठ ल्याउने गिरोहको खेल हो

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद जानकीप्रसाद यादवले अख्तियारले मुद्दा दर्ता यो सबै मलेसियाबाट काठ ल्याउने गिरोहले गरेको खेल भएको र यसमा कोही दोषी नभएको दाबी गरेका छन् ।

मुद्दा दर्ताको समाचार सार्वजनिक भएपछि यादवले भने ‘सार्वजनिक रूपमा गरेका काम हुन्, एक फूट काठ कसैले बेचेको छैन, देशभरिको साझेदारीको समस्या हो, नेपालमा ठाडो बुटा नाप्ने कुनै मेशिन छैन, सबै अन्दाजका भरमा गरिने हो, मैले अदालतमा गएर यथार्थ विषय जानकारी गराउँछु . जनताको काम गरेको हुँ, दोषी भए सजाय भोग्न तयार छु, यति सजिलो गरी काठ बेच्न सम्भव छैन । बयान दिन जान्छु ।’

उनले यो मुद्दा विदेश (मलेसिया) बाट काठ ल्याउने समूहबाट भएको आरोप लगाए ।

‘०७८ मा पनि बोलाएको थियो बुटवलको अख्तियारबाट आएको थियो, त्यसपछि केही भएन, भोलि काठमाडौँ जान्छु, अरू साझेदारीको विषय पनि हेर्छु । अख्तियार भगवान् होइन म अनाहकमा दुःख दिने अख्तियारलाई पनि म मुद्दा दिन्छु ।’ यादवले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित