रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

मुद्दा परेपछि पूर्वमन्त्री यादवको प्रतिक्रिया- मलेसियाबाट काठ ल्याउने गिरोहको खेल हो

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद जानकीप्रसाद यादवले अख्तियारले मुद्दा दर्ता यो सबै मलेसियाबाट काठ ल्याउने गिरोहले गरेको खेल भएको र यसमा कोही दोषी नभएको दाबी गरेका छन् ।

मुद्दा दर्ताको समाचार सार्वजनिक भएपछि यादवले भने ‘सार्वजनिक रूपमा गरेका काम हुन्, एक फूट काठ कसैले बेचेको छैन, देशभरिको साझेदारीको समस्या हो, नेपालमा ठाडो बुटा नाप्ने कुनै मेशिन छैन, सबै अन्दाजका भरमा गरिने हो, मैले अदालतमा गएर यथार्थ विषय जानकारी गराउँछु . जनताको काम गरेको हुँ, दोषी भए सजाय भोग्न तयार छु, यति सजिलो गरी काठ बेच्न सम्भव छैन । बयान दिन जान्छु ।’

उनले यो मुद्दा विदेश (मलेसिया) बाट काठ ल्याउने समूहबाट भएको आरोप लगाए ।

‘०७८ मा पनि बोलाएको थियो बुटवलको अख्तियारबाट आएको थियो, त्यसपछि केही भएन, भोलि काठमाडौँ जान्छु, अरू साझेदारीको विषय पनि हेर्छु । अख्तियार भगवान् होइन म अनाहकमा दुःख दिने अख्तियारलाई पनि म मुद्दा दिन्छु ।’ यादवले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार