रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

खड्ग माविले मनायो मा ६१औँ वार्षिकोत्सव

बुटवल  । देवदह नगरपालिका  वडा नँ–१ विर्ता ,रुपन्देही स्थित खड्ग मा विले आफ्नो ६१औँ वार्षिक उत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षता,देवदह वडा नँ–१ का वडाध्यक्ष दीपक प्रसाद नेपालको प्रमुख आतिथ्यता,विद्यालय सँस्थापक स्वर्गीय खड्ग बहादुर गुरुङको परिवारका सदस्य वर्दघाट–५ का वडाध्यक्ष विमला गुरुङ लगायतको विशिष्ट आतिथ्यतामा शुरु भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले विद्यालयको आफ्नो वार्षिक प्रअ प्रतिवेदन सहित स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्ण महानुभावहरुलाई गरेका थिए ।


कार्यक्रममाअक्षयकोषदाता, चन्दादाता,विद्यालयलाई अतुलनीय योगदान गर्नुहुने पुर्व ÷ वर्तमान व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ ,शिक्षक लगायतलाई सँस्थापक परिवारबाट अभिनन्दन,विद्या लयलाई मायाको चिनो र आफ्नो परिवारको तर्फबाट स्थापित स्व खड्ग बहादुर गुरुङ स्मृति अक्षय कोषमा थप ११०००को अक्षयकोष समेत थप गरी अक्षय कोष स्थापना गर्नु गरेका थिए ।
कार्यक्रममा अक्षयकोष दाताहरुको तर्फबाट खड्ग अक्षयकोषका सँस्थापक मिनादेवी बस्नेत र उहाँहरुको परिवारका तर्फबाट करिब ३० जना विद्यार्थीलाई गरिब,जेहेन्दार तथा विपन्न अक्षयकोष पुरस्कार वितरण गरिएको थियो भने सोइया महिला स्वाबलम्बन सँस्थाको आर्थिक सहयोगमा सञ्चालित खुल्ला निबन्ध लेखन प्रतियोगिता तथा विभिन्न विधाका खेलकुदमा विजयी भाइ बहिनीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो साथै प्रधानाध्यापक बाबुराम बस्नेतलाई विद्यालयको वृहत्तर हितका लागि उत्कृष्ट कार्यसम्पादन गरेकोमा मायाको चिनो,दोसल्ला र प्रमाणपत्रबाट तथा शैक्षिक वर्ष २०८० को मूल्यांकनका आधारमा विद्यालयको उत्कृष्ट वर्ष शिक्षकका रुपमा शिक्षक कमला कुमारी शर्मालाई समेत दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
उत्त्कृष्ट शिक्षकका रुपमा यसभन्दा अगाडि विद्यालयका वरिष्ठ शिक्षक चुडामणि शर्मा र शिक्षक पदम जि सी लाई विद्यालयले सम्मान गरिसकेको छ।यस कार्यक्रममा विद्यालयको कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई क्ष्त् प्रशिक्षण कार्यक्रम करिब ४ वर्ष सञ्चालनमा सहयोग गर्ने गरी न्झक ध्भद त्भअज म्भखमबजब खैरेनी शाखाका डाइरेक्टर लोकेन्द्र जर्घा मगर र विद्यालयका बीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो ।

।कार्यक्रममा सल्लाहकार अजय रौनियार,शि अ सँ पुर्व अध्यक्ष रोमनाथ पाण्डे,पुर्व अध्यक्ष मुरारी प्रसाद पाण्डे , विशिष्ट अतिथि विमला गुरुङ र प्रमुख अतिथि दीपक प्रसाद नेपालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कमला कुमारी शर्मा र समापन कार्यक्रमका सभाध्यक्ष वि व्य स अध्यक्ष छविलाल अग्रहरी गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार